वानएक्स बेटको प्रचार गरेको आरोपमा राजकुमार प्रकाउ
काठमाडाैं | असार १०, २०८०
काठमाडौं: वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन्।
काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय राजकुमारलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो।
उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ।
यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो।
उनीहरूले वान एक्स बेट खेलाउन उक्साउने गर्थे। युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप उनीहरूमाथि छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

